ब्यक्तिगत विवरण

का. मोहनविक्रम सिंह 

                                                   संक्षिप्त परिचय 


जन्म: बैशाख ३, १९९२
जन्मस्थान: मरुटोल, काठमाडौं
स्थायी घर: दमदमे, ओखरकोट, प्यूठान
शिक्षा: एम.ए. (अर्थशास्त्र)


राजनैतिक जीवन ः २००७ सालमा नेपाली कांग्रेसमा प्रवेश र प्यूठान तथा सल्यानको मोर्चाहरुमा सहभागिता । २००८ सालमा जुद्धोदय पब्लिक हाईस्कूलको प्रथम अध्यक्षमा निर्वाचित हुनुका साथै सार्वजनिक जीवनको प्रारम्भ । २००९ सालमा भारतीय हस्तक्षेप विरोधी विद्यार्थी आन्दोलनमा एक महिना काठमाडौं भद्रगोल जेलमा थुनामा । २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश । २०११ सालमा प्यूठानको भ्रष्टाचार विरोधी आन्दोलनमा गिरफ्तार र २० महिना जेल । २०१४ सालमा पार्टीको द्वितीय महाधिवेशनमा केन्द्रीय समितिमा निर्वाचित । २०१८ सालमा पञ्चायती तानाशाही अन्तर्गत सुरक्षा कानूनमा ९ वर्ष जेल । २०१९ सालमा जेलमा रहेको बेलामा पार्टीको तृतीय महाधिवेशनमा पी.वी.मा निर्वाचित । २०२९ साल देखि भूमिगत । २०३१ सालमा ने.क.पा. (मसाल)को चौथो महाधिवेशनमा पार्टीको महामन्त्री निर्वाचित । २०४१ सालमा रिमको स्थापना सम्मेलनमा सहभागिता । २०४६ साल देखि अर्ध-भूमिगत । हाल ने.क.पा. (मसाल)का महामन्त्री ।

प्रकाशित कृतिहरु ः सर्वप्रथम २०११ मा प्यूठानको किसान समस्या र किसान संघर्ष शीर्षकको प्रथम पुस्तिका प्रकाशित । त्यसपछि हालसम्म करिब डेढ दर्जन जति पुस्तिकाहरुको प्रकाशन, जसमा शान्तिपूर्ण आन्दोलन वा सशस्त्र संघर्ष, राजनैतिक आलोचना, नेपाल-भारत व्यापार तथा पारवहन समस्या, विचार विवेचना र विश्लेषण, क्रान्ति वा भ्रान्ति, चार दशक (प्रथम र द्वितीय खण्ड), १२ मई (नाटक), उग्र-वामपंथी विचारधाराको खण्डन, विश्व कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपालको राष्ट्रियता (राष्ट्रियता सम्बन्धी लेखहरुको संग्रह), युग नृत्य (खण्ड काव्य र कविताहरु), रिम र माओवादीहरुको कथित जनयुद्ध, पार्टीको पुर्नंगठनको समस्या, पार्टी क्लासका नोटहरु, साहित्य र समालोचना, दुई एकांकी । सम्पादन ओशो धार्मिक सम्प्रदाय र समाजमा त्यसको भूमिका, संघीयताका विरुद्ध, Two Line Struggle Within RIM आदि उल्लेखनीय छन् ।