वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

Email : ncpmashal@gmail.com

वक्तव्य

माओवादी केन्द्रका अध्यक्ष का. प्रचण्डका पुत्र का. प्रकाशको असामयिक र दुःखद मृत्युप्रति दुःख प्रकट गर्दै ने.क.पा. (मसाल)ले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै हामीले उहाँका परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
उहाँको मृत्युभन्दा पनि जुन प्रकारको अवस्थामा उहाँको निधन भयो, त्यो कैयौँ गुणा बढी हृदयविदारक छ । डाक्टरले दिएको जानकारी अनुसार उहाँलाई हृदयघात भइसकेपछि पनि कोठामा उहाँलाई मद्दत गर्ने कोही भएन र त्यसरी बिना कुनै सहायता वा उपचार उहाँको मृत्यु हुन पुग्यो । उहाँलाई अत्यन्तै छटपटि हुँदा पनि उहाँलाई मद्दत गर्ने कोही भएन ।
उहाँ चितवनबाट नै अस्वस्थ भएर काठमाडौँ आउनु भएको थियो । तर उहाँको अस्पताल वा डाक्टरकहाँ उपचार गराउने काम पनि हुन नसकेको कुरा थाहा भएको छ । यदि समयमा नै उहाँको उपचार हुन सकेको भए उहाँ जीवित रहने सम्भावना पनि थियो । राजधानिमा सबै साधनहरू वा सहायताका अवसरहरू हुँदाहुँदै पनि जसरी बिना उपचार नै उहाँको मृत्यु भयो, त्यो धेरै पीडादायक छ । 
अन्तमा हामीले पुनः उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै उहाँको सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछौँ ।

मिति ः २०७४ मंसिर ४ गते

मोहनविक्रम सिंह
महामन्त्री