बक्तब्य


वक्तव्य

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको समाचार प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो पार्टीको यो स्पष्ट र दृढ मत छ कि उनलाई नेपालमा स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमान र सम्मानका विरुद्धको कुरा हुनेछ । 
यो आम रूपमा थाहा भएको कुरा हो कि नेपालको संविधानको निर्माणको बेलामा त्यसको निर्माण र जारी हुन नदिन मोदी सरकारले धेरै नै दवाव दिएको थियो । संविधानलाई खारेज गराउन वा त्यसमा राष्ट्रघाती प्रकारका संशोधनहरू गराउन उनले नेपालका विरुद्ध नाकाबन्दी लगाउने काम गरेका थिए ।

बाकि अंश +

वक्तव्य

आज संसदका दुवै सदनका सदस्यहरूले सपथ लिएका छन् र भोलि त्यसको प्रथम अधिवेशन हुँदै छ । संसदको त्यो अधिवेशनलाई हाम्रो पार्टीले अत्यन्त महत्वका साथ हेर्दछ र त्यसलाई स्वागत गर्दछ ।
हाम्रो पार्टीले ६ दशकभन्दा बढी समयसम्म लगातार संविधानसभाको चुनावका लागि आवाज उठाएको थियो र इतिहासका बेग्लाबेग्लै कालखण्डहरूमा त्यसका लागि बेग्लाबेग्लै प्रकारले सङ्घर्ष गरेको थियो । त्यसरी ६ दशकसम्म लगातार संविधानसभाका लागि सङ्घर्ष गर्ने हाम्रो पार्टी नेपालको एकमात्र राजनीतिक पार्टी हो । कतिपय अवस्थामा अन्य विभिन्न राजनीतिक पार्टीहरूले पनि संविधानसभाको मागलाई समर्थन गरेको कुरा पनि सत्य हो । अन्तमा प्रतिगमनका विरुद्ध सङ्घर्षरत सबै पार्टीहरूको संयुक्त सङ्घर्षको परिणाम स्वरूप नै संविधानसभाको चुनाव भएको थियो र संविधानको निर्माण भएको थियो ।

बाकि अंश +

प्रेस विज्ञप्ति

सप्तरी जिल्लाको तिलाठीमा नाम परिवर्तन गर्न खोजिएको विरुद्धमा त्यहाँका जनताको साथमा देवनारायण यादवले चलाएको सङ्घर्षप्रति हाम्रो पार्टीले ऐक्यवद्धता प्रकट गर्दछ । विगतमा तिलाठीका जनताले सीमा सुरक्षाको आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए । राष्ट्रियताको रक्षाका निम्ति भएको उक्त सङ्घर्ष ऐतिहासिक रूपले पनि महत्वपूर्ण रहेको छ र त्यसरी तिलाठीले ऐतिहासिक महत्व बोकेको छ । त्यसकारण त्यस प्रकारले ऐतिहासिक रूपले महत्व बोक्ने तिलाठीको नाम परिवर्तन गर्ने प्रयासका विरुद्ध भएको उक्त सङ्घर्षलाई हाम्रो पार्टीले दृढ समर्थन गर्दै उक्त सङ्घर्षमा ऐक्यवद्धता प्रकट गर्दछ ।

बाकि अंश +

वक्तव्य

ने.क.पा. (मसाल)को केन्द्रीय समितिको बैठक हालै सम्पन्न भयो । त्यो बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावहरूको समीक्षा गर्नुको साथै चुनावपछिको देशको राजनीतिक स्थिति तथा पार्टीका कतिपय आगामी नीति र कार्यक्रमहरूबारे पनि विस्तृत रूपले छलफल गरी आफ्ना नीतिहरू निश्चित गरेको छ । बैठकले पार्टीको आठौँ महाधिवेशनबारे पनि निर्णय गरेको छ ।

बाकि अंश +

वक्तव्य

प्रतिनिधिसभाका प्रथम र द्वितीय चरणका दुवै चुनावहरू सम्पन्न भएका छन् । अनेक प्रकारका आशङ्का वा अनिश्चयका बीचमा ती चुनावहरू सम्पन्न भएका छन् । सामान्य र छिटफूट हिंसात्मक घटनाहरू बाहेक चुनाव शान्तिपूर्ण प्रकारले सम्पन्न भएको छ । दुवै चुनावमा जनताको व्यापक सहभागिता रहेको छ । चुनावको उक्त सफलताले संविधानको कार्यान्वयन तथा लोकतन्त्र र धर्म निरपेक्षता समेतलाई स्थायित्व दिन केही न केही मद्दत पुग्नेछ भन्ने हामीले आशा गरेका छौँ, यद्यपि त्यो दिशामा अरू व्यापक र उच्च प्रकारले काम गर्न आवश्यक हुनेछ । जे होस्, हामीले उक्त चुनावलाई स्वागत गर्दछौँ । 

बाकि अंश +

वक्तव्य

माओवादी केन्द्रका अध्यक्ष का. प्रचण्डका पुत्र का. प्रकाशको असामयिक र दुःखद मृत्युप्रति दुःख प्रकट गर्दै ने.क.पा. (मसाल)ले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दछ । त्यसका साथै हामीले उहाँका परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
उहाँको मृत्युभन्दा पनि जुन प्रकारको अवस्थामा उहाँको निधन भयो, त्यो कैयौँ गुणा बढी हृदयविदारक छ । डाक्टरले दिएको जानकारी अनुसार उहाँलाई हृदयघात भइसकेपछि पनि कोठामा उहाँलाई मद्दत गर्ने कोही भएन र त्यसरी बिना कुनै सहायता वा उपचार उहाँको मृत्यु हुन पुग्यो । उहाँलाई अत्यन्तै छटपटि हुँदा पनि उहाँलाई मद्दत गर्ने कोही भएन ।

बाकि अंश +

वक्तव्य

आगामी चुनावका सन्दर्भमा देशका विभिन्न भागमा भइरहेका हिंसात्मक घटनाहरू प्रति ने.क.पा. (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । त्यस प्रकारका घटनाहरू बढ्दै गएमा अगामी चुनावमा नै बाधा पुग्ने र त्यसको परिणाम स्वरूप संविधानको कार्यान्वयन, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षतामा समेत गम्भीर आघात पुग्ने सम्भावनातिर ध्यान दिनुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ । देशमा त्यस प्रकारको स्थिति उत्पन्न भएमा वर्तमान शासक वर्ग वा प्रतिगमनलाई नै मद्दत पुग्ने छ । त्यसकारण हाम्रो पार्टीले त्यस प्रकारका कारवाहीहरूको तीव्र शब्दमा भत्र्सना गर्दै त्यस प्रकारका घटनाहरूमाथि नियन्त्रणका लागि आवश्यक र प्रभावशाली कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

बाकि अंश +

वक्तव्य

ने.क.पा. (मसाल)ले संसदीय र प्रादेशिक चुनावको सन्दर्भमा ने.का.सित कुनै तालमेल नगर्ने निर्णय गरेको छ । सामान्यतः संविधानको निर्माणका बेलामा जुन शक्तिहरूका बीचमा एकता कायम भएको थियो, संविधानको कार्यान्वयनको अवधिमा पनि त्यो एकता कायम रहनु पर्दछ भन्ने हाम्रो सोचाइ रहेको थियो र त्यो सोचाइ अहिले पनि कायम छ । त्यही नीति अनुसार हामीले स्थानीय चुनावको बेलामा पनि माओवादी केन्द्र, एमाले र ने.का. समेतसित चुनावी तालमेलको लागि ढोका खुला राखेका थियौँ र त्यस अनुसार कतिपय गाउँपालिकाहरूको चुनाव वा जिल्ला समन्वय समितिको गठनको बेलामा पनि ती तीनै पक्षहरूसित हाम्रो तालमेल पनि भएको थियो । तै पनि अहिलेको परिवर्तित परिस्थितिमा ने.का.सितको तालमेल राजनीतिक दृष्टिकोणले सही हुन्न भन्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ ।

बाकि अंश +

वक्तव्य

यो वास्तविकताप्रति नेकपा (मसाल) को गम्भीर ध्यान गएको छ कि निर्वाचन आयोगले जारी गरेको आचार संहिता अहिले एउटा तमाशा बनेको छ र निर्वाचन आयोग सरकारका अगाडि लाचार र निरीह बनेको छ । निर्वाचन आयोगले जारी गरेको आचार संहिताको स्वयं सत्तापक्षद्वारा नै लगातार उल्लङ्घन भई रहेको छ । स्वयं निर्वाचन आयोगले जारी गरेको विज्ञप्ती अनुसार मन्त्री मण्डलको विस्तार आचार संहिताको उल्लङ्घन हो । तर स्वयं निर्वाचन आयुक्तको भनाइ अनुसार उनी प्रधानमन्त्रीका विरुद्ध कुनै कारवाही गर्न असमर्थ छन् । त्यसले स्थितिको चरम प्रकारको गम्भीरतालाई बताउँछ । छिट्टै नै संसदीय र प्रादेशिक चुनाव हुन थालिरहेको पृष्ठभूमिमा आचार संहिताबारे देखिएको त्यस प्रकारको अवस्थामा निर्वाचन निस्पक्ष ढङ्गले हुने कुरामा व्यापक आशङ्का उत्पन्न भएको छ ।

बाकि अंश +

वक्तव्य

डा. गोविन्द के.सी.को अनसनका कारणले बिग्रदै गइरहेको उहाँको स्वास्थ्यप्रति ने.क.पा. (मसाल)ले गम्भीर चिन्ता प्रकट गर्दै उहाँका मागहरू शीघ्र पूरा गर्न र उहाँको जीवन रक्षाको लागि तत्परता देखाउन सरकारसित माग गर्दछ ।
डा. के.सी.को अनसन आज वास्तवमा एउटा राष्ट्रिय समस्या भएको छ । डा. के.सी.का मागहरू स्वास्थ्य क्षेत्रसित सम्बन्धित भए पनि त्यस प्रकारका समस्याहरू राष्ट्रिय जीवन र प्रशासनका सबै क्षेत्रहरूमा छन् । त्यस प्रकारको पृष्ठभूमिमा माथेमा आयोगको प्रतिवेदन वा डा. के.सी.का मागहरूले जुन प्रकारका समस्याहरूको समाधानका लागि प्रयत्न गरेका छन्, त्यस प्रकारको प्रयत्न सबैतिर हुनुपर्ने आवश्यकता छ ।

बाकि अंश +