अनुशासित, स्वस्थ र मैत्रिपूर्ण वातावरण निर्माण गरौं

मोहन विक्रम सिंह
कम्युनिस्ट पार्टीको उद्देश्य शोषणविहीन समाज निर्माण गर्नु हो, जसलाई साम्यवाद भनिन्छ । त्यो भन्दा पहिले पार्टी नया“ जनवादी क्रान्ति र समाजवादको लामो प्रकृयाबाट नै जान्छ । वास्तवमा यो मानव जातिको नै सबैभन्दा ठुलो क्रान्तिकारी आन्दोलन हो । त्यो उद्देश्य पुरा गर्नका लागि कम्युनिस्ट पार्टीभित्र अत्यन्त उच्च प्रकारको सङ्गठन हुनु पर्दछ । कम्युनिस्टहरु जुन महान् उद्देश्य पुरा गर्न अघि बढिरहेका छन्, त्यो उद्देश्य पुरा गर्नका लागि उनीहरुभित्र उच्च प्रकारको अनुशासित, स्वस्थ र मैत्रिपूर्ण वातावरण हुनु पर्दछ । त्यस प्रकारको वातावरणमा नै एउटा शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण हुन सक्छ र हामीहरु क्रान्तिकारी दिशामा सशक्त तरिकाले अगाडि बढ्न सक्दछौँ । तर पार्टीभित्र त्यस प्रकारको वातावरण तयार पार्न सजिलो छैन । किनभने हाम्रो जस्तो देशमा पार्टीमा निम्न पु“जीवादी तŒवको पनि ठुलो सङ्ख्या हुन्छ । उनीहरुका निम्न प्रकारका विचारहरुको पनि आधिपत्य हुन्छ । त्यो अवस्थामा उनीहरुले आफ्ना अगाडि भएको महान् उद्देश्य अनुरूप आफ्नो दृष्टिकोण र चरित्रको निर्माण गर्नुभन्दा निम्न पु“जीवादी विचारहरुका आधारमा नै पार्टीभित्रको वातावरणलाई बिगार्ने काम बढी गर्दछन् । उनीहरुका लागि अनुशासनमा बस्न कठिन हुन्छ । साना र छुद्र कुराका लागि आपसमा झगडा गर्न थाल्दछन् । आफ्ना व्यक्तिगत र सङ्कीर्ण स्वार्थ पुरा गर्नेतर्फ नै उनीहरुको बढी ध्यान केन्द्रित हुन्छ । सानातिना प्रलोभनमा नै उनीहरु बढी बिक्ने गर्दछन् । त्यसले गर्दा संसारका ठुला–ठुला क्रान्तिकारी इतिहास भएका पार्टीको पनि विघटन वा पतन हुने गरेका कैयौ“ इतिहासहरु हाम्रा अगाडि छन् । 
हामी यो कुरामा सधै“ स्पष्ट हुनु पर्दछ कि कम्युनिस्ट पार्टीको विकास स्वतःस्फूर्त प्रकारले हु“दैन । वुर्जुवा र अवसरवादीहरुले पनि राजनैतिक पार्टी निर्माण गर्दछन् र त्यसका आधारमा सत्तामा पनि पुग्ने गर्दछन् । तर उनीहरुको उद्देश्य विद्यमान स्थितिमा आमूल परिर्वतन गर्नु हु“दैन, तर त्यसलाई कायम राख्नु हुन्छ । उनीहरुको त्यस प्रकारको उद्देश्यका कारणले वर्तमान समाजका शासक वर्गहरुद्वारा पनि उनीहरुलाई धेरै मद्दत पुग्दछ । तर कम्युनिस्ट पार्टीको काम त्यो भन्दा मौलिक रूपले नै बेग्लै हुन्छ । उनीहरुको काम वर्तमान समाजलाई ध्वस्त गर्नु र त्यसको ठाउ“मा एउटा नया“ समाज निर्माण गर्नु हो । त्यो कार्य पुरानो समाजमा कब्जा जमाएका शोसक वर्गहरुका विरुद्व सङ्घर्ष गरेर नै सम्भव हुन्छ । त्यसैले उनीहरुले कम्युनिस्टहरुको काममा सकेसम्म बाधा पुराउने कार्य गर्दछन् । त्यसले गर्दा, कम्युनिस्टहरुका लागि कम्युनिस्ट पार्टी निर्माण गर्नु र पार्टीको काममा लाग्नु धेरै नै गाह्रो हुन्छ । त्यसको अर्को एउटा परिणाम पनि हुन्छ । सही प्रकारले कम्युनिस्ट पार्टीको काम अगाडि बढाउन मुश्किल भएकाले कैयौ“ कम्युनिस्ट पार्टीले बाह्य रूपले आफ्नो नाम वा झण्डा कायम राखे पनि अन्तिम रूपले पार्टीका उद्देश्य, सिद्वान्त वा नीतिहरुलाई परित्याग गर्दै जान्छन् । त्यसरी बाहय रूपले उनीहरु कम्युनिस्ट हुन्छन्, तर वास्तविक रूपमा उनीहरुले पु“जीवादी समाजसित सामञ्जस्यता कायम गर्दै गएका हुन्छन् । 
वास्तवमा अहिले समाजमा कम्युनिस्ट पार्टीको काम गर्नु भनेको ज्वारभाटाका विरुद्व जानु नै हो । त्यो कुरा व्यक्तिगत र पार्टीगत दुवै प्रकारले सत्य हो । व्यक्तिगत रूपमा कम्युनिस्टहरुले अत्यन्त कठिन र प्रतिकूल स्थितिमा काम गर्नु पर्दछ । पार्टीबाट अलग भएर या निस्कृय भएर काम गर्दा प्राप्त हुने विभिन्न प्रकारका लाभ वा सुखहरुलाई उनीहरुले तिलाञ्जली दिनु पर्दछ । समाजमा प्राप्त हुने कैयौ“ प्रकारका मान–मर्यादा र प्रतिष्ठाबाट उनीहरु वञ्चित हुनु पर्दछ । कुनै व्यक्तिहरु वर्षौंसम्म पनि त्यस प्रकारको स्थितिमा रहन सक्दछन् । तर त्यस प्रकारको स्थितिमा लामो समयसम्म रहनु सबै कम्युनिस्टहरुका लागि सम्भव हु“दैन र उनीहरुले वैकल्पिक मार्गहरु खोज्न थाल्दछन् । त्यसका लागि पार्टीका कामहरुमा निष्कृय हुने वा अलग हुने गर्न थाल्दछन् । त्यस प्रकारको कार्य व्यक्तिगत रूपमा मात्र हु“दैन, पार्टीगत रूपमा पनि आन्तरिक रूपले पार्टीको क्रान्तिकारी चरित्रमा परिर्वतन गर्ने प्रयत्न गर्न थालिन्छ । त्यही क्रममा नै संसारका कैयौ“ कम्युनिस्ट पार्टीको विघटन वा पतन हुने गरेको छ । तर एउटा सच्चा पार्टी कम्युनिस्ट छ“दै माओले भने जस्तै ज्वारभाटाका विरुद्व सङ्घर्ष गर्दै अगाडि बढ्न सक्नु पर्दछ र निरन्तर त्यसरी नै अगाडि बढ्नु पर्दछ । लेनिनले भनेका छन्– कम्युनिस्टहरुमा कैयाँै प्रकारका विशेषताहरु हुनु पर्दछ । तिनीहरुमध्ये एउटा मुख्य विशेषता हो– क्रान्तिको काममा निरन्तरता । त्यस प्रकारको निरन्तरता पा“च, दश, पन्ध्र, बिस वर्ष मात्र होइन, जीवनको अन्त्यसम्म रहनु पर्दछ । तर कैयौ“ कम्युनिस्टहरुले दश, बिस, चालिस, पचास वर्ष पार्टीको काम गरेर पनि पलायनको बाटो समात्ने गर्दछन् । 
जसले उच्च प्रकारको काम गर्ने अठोट गरेका हुन्छन्, उनीहरुको विचार पनि उच्च प्रकारको हुनु पर्दछ । यदि उनीहरुको बढी ध्यान सानातिना कुराहरुमा जान थाल्यो भने उनीहरुले उच्च प्रकारको जिम्मेवारी पुरा गर्न सक्दैनन् । कुरा त्यति मात्र होइन, सानातिना कुराहरुमा नै बढी अल्झिन थाल्यौ“ भने वा सानातिना कुराहरुमा नै आपसमा झगडाहरु गर्न थाल्याा भने उच्च प्रकारको जिम्मेवारी पुरा गर्न सक्दैनौ“ ।
अनुशासनको प्रश्न पनि कठिन कार्य हो । अनुशाशनको अर्थ यो हुन्छ– सामूहिक हित र जिम्मेवारीका अगाडि व्यक्तिगत इच्छा र विचारहरुलाई दबाउनु । जस्तो कि आफ्नो मञ्जुरी नभए पनि बहुमतले निर्णय ग¥यो भने त्यसलाई मानेर काम गर्नु पर्दछ । त्यो अनुशासन हो । पार्टी अनुशासनको आधारभूत सिद्वान्त जनवादी केन्द्रीयता हो । त्यो सिद्वान्त एकातिर जनवाद र अर्कातिर, केन्द्रीयता मिलेर बनेको हुन्छ । जनवादको अभावमा अनुशासनले नोकरशाही रूप लिन्छ भने केन्द्रीयताको अभावमा जनवादले अराजकताको रूप लिन्छ । ती दुवैका बीचमा द्वन्द्वात्मक सन्तुलन कायम गरेर नै सही अनुशासन कायम हुन्छ । त्यससित जोडिएको अर्को पक्ष हो– छलफलमा स्वतन्त्रता र काममा एकता । कुनै छलफल वा स्वतन्त्रताको अर्थ कुनै पनि विषयमा र कहि“ पनि अनियन्त्रित प्रकारले छलफल गर्ने अधिकार हुन्छ भन्ने होइन । सम्बन्धित समितिको बैठकले, कुनै सम्मेलन, महाधिवेशन आदि वा फोरम चलेको बेलामा त्यसमा कुनै विषयमा छलफलको स्तन्त्रता हुन्छ । तर कामको बेलामा पनि बेग्ला बेग्लै मतभेदहरु निकालेर विवाद गर्न थालियो भने त्यसले अराजकतालाई निम्ताउ“छन् । त्यहा“ एकता हुनु पर्दछ । ती दुबै सिद्वान्तहरु जनवादी केन्द्रीयता तथा छलफलको स्वतन्त्रता र कामको एकताको आधारमा नै पार्टीभित्र एकता कायम हुन्छ । त्यसले पार्टीभित्र अनुशासित, स्वस्थ र मैत्रिपूर्ण वातावरण निर्माण गर्दछ र पार्टी बलियो हुन्छ । त्यो अवस्थामा नै पार्टी आफ्ना राजनीतिक वा क्रान्तिकारी जिम्मा पुरा गर्न सफल हुन सक्दछ । 
माथि जे कुरा भनियो, त्यो कुरा खालि कम्युनिस्ट पार्टीको सन्दर्भमा मात्र सत्य होइन, कुनै पनि कामलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि नियमहरुको आवश्यकता पर्दछ । हाम्रो शरीरलाई नै हेरौ“ । त्यसको सञ्चालन केही खास नियमहरुको आधारमा नै हुने गर्दछ । सम्पूर्र्ण विश्व वा प्रकृतिबारे पनि त्यो कुरा सत्य हो । सूर्योदयदेखि सूर्यास्तसम्मका सबै कामहरु केही नियमहरुको आधारमा नै चलिरहेका हुन्छन् । एउटा कुनै मेसिनका बेग्ला बेग्लै पार्टपुर्जाहरुको काम पनि नियमहरुको आधारमा चलेको हुन्छ । कृषि, बच्चाको जन्म, घरगृहस्थी, समाजको संरचना पनि नियमका आधारमा नै परिचालित हुन्छन् । कुनै नियमको उल्लङ्घन भयो भने त्यहा“ व्यतिक्रम हुन्छ । राज्य संविधान, कानुनका आधारमा चलेको हुन्छ । तर तिनीहरुको संरचना गलत प्रकारले गरियो भने त्यहा“ विद्रोह हुन्छ । विद्रोहपछि पनि नया“ राज्यसत्ता निर्माण गरियो भने त्यहा“ पुनः नया“ प्रकारले नियमहरु बनाउनु पर्ने आवश्यकता हुन्छ । कतिपय अवस्थामा पार्टी नेतृत्वले गलत दिशा लिन्छ वा पार्टीमा एक वा अर्को प्रकारको भड्काव देखा पर्दछन् । त्यो अवस्थामा पार्टीमा विद्रोहहरु पनि हुने गर्दछन् । त्यो सही र आवश्यक दुवै हुन्छ । तर विद्रोहपछि पुनः पार्टीको सञ्चालन अराजकतावादी प्रकारले अगाडि बढ्न सक्दैन र पार्टीमा सबै कामहरुको सञ्चालनका लागि नया“ नियमहरु बनाउनु पर्ने आवश्यकता हुन्छ । त्यसरी सम्पूर्ण विश्व, प्रकृति, समाजमा अनुशासनको आवश्यकता हुन्छ र त्यही कुरा पार्टीका बारेमा सत्य हो । जब पार्टीका नियमहरुको अतिक्रमण हुन्छ, पार्टीमा अराजकता र अनुशाशनविहीनताको स्थिति उत्पन्न हुन्छ । त्यो अवस्थामा कुनै पनि काम प्रभावशाली प्रकारले गर्न नसक्ने मात्र होइन, त्यसले गर्दा पार्टीको विघटन वा पतन पनि हु“दै जान्छ ।
कुनै एउटा घरको उदाहरण नै ल्याऊ“ । जब घरका सबै परिवार मिलेर बस्दछन् वा उनीहरुका बीचमा मैत्रिपूर्ण सम्बन्ध हुन्छ, त्यो घरको सबै व्यवहार राम्ररी चल्ने गर्दछ । तर उनीहरुको घरमा आपसमा सानातिना विषयमा मात्र झगडा भयो भने घरमा सबै व्यवहारहरु बिग्रदै जान्छन् । उद्योग, व्यापारको बारेमा पनि त्यही कुरा सत्य हो । त्यहा“का सबै काम व्यवस्थित रूपमा भयो भने उनीहरुको प्रगति हु“दै जान्छ । उद्योग, व्यापारमा पनि त्यही नियम लागु हुन्छ । सबैले ती नियमहरुलाई इमान्दारितापूर्वक पालना गरे भने त्यसको प्रगति हु“दै जान्छ अन्यथा उनीहरुको दिवालियापन निस्कन्छ । युद्ध र सेनाका विषयमा त त्यो कुरा कैयौ“ गुणा बढी सत्य हो । उनीहरुका बीचमा कडा अनुशासनको आवश्यकता हुन्छ । त्यस प्रकारको अनुशासन भएन भने युद्धमा उनीहरुको पराजय निश्चित हुन्छ । त्यस प्रकारको पृष्ठभूमिमा नै हामीले पार्टीभित्रको एकता र अनुशासनको कति धेरै आवश्यकता छ ? त्यो कुरा स्पष्ट छ ।
पार्टीभित्र उच्च प्रकारको अनुशासन, एकता र मैत्रिपूर्ण वातावरण भयो भने पार्टीको काम गर्ने क्षमतामा कैयौ“ गुणा बढी वृद्धि हुन्छ । सानो शक्तिले पनि ठुला र प्रभावशाली कामहरु गर्न सक्दछन् । तर केही कुराको अभावमा पार्टीको सङ्गठनात्मक स्थिति जति ठुलो भए पनि त्यसले महŒवपूर्ण कार्य गर्न सक्दैन । त्यो अवस्थामा पार्टी गँगटाहरुको बगालमा बदलिन्छ, जहा“ प्रत्येक गँगटाले अर्को गँगटाको खुट्टा तान्ने काम गर्दछ ।
मिति ः २०७५ असार ५ गते