बक्तब्यसबै

2016-09-20

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी गरेको २५ बुँदे संयुक्त वक्तव्य प्रति ने.क.पा. (मसाल)ले गम्भीर आपत्ती प्रकट गर्दछ र त्यसको कडा विरोध गर्दछ । त्यो संयुक्त वक्तव्यमा नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर खतरा पुग्ने सम्भावना निहित भएको कुरा प्रष्ट छ र त्यो वक्तव्यमा उल्लेखित कतिपय बुँदाहरूबाट नेपाल प्रतिको भारतीय विस्तारवादी स्वार्थलाई मद्दत पुग्ने र नेपालको राष्ट्रिय हितमा गम्भीर खतरा पुग्ने सम्भावनाप्रति ने.क.पा. (मसाल)ले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहन्छ ।

बाँकी...

2016-08-31

प्रधानमन्त्री प्रचण्डद्वारा भारत भ्रमण गर्नुभन्दा पहिले संविधान संशोधन विधेयक संसदमा प्रस्तुत गर्ने भन्ने सञ्चार माध्यमले ल्याएको समाचारप्रति नेपाल कम्युनिष्ट पार्टी (मसाल)को गम्भीर ध्यान आकर्षित भएको छ । राष्ट्रिय आवश्यकता र जनताको माग अनुसार संविधानमा संशोधन गर्नुपर्ने आवश्यकतालाई हामीले अस्वीकार गर्दैनौँ । तर अहिले भारतीय विस्तारवाद र मधेशवादीहरूले संविधानमा जुन प्रकारको संशोधन गर्ने कुरामा जोड दिइरहेका छन्, त्यस अनुसार संविधानमा संशोधनका लागि गरिने कुनै पनि प्रयत्न निश्चित रूपले राष्ट्रघाती हुनेछ ।

बाँकी...

२०७१-६-२३

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले संविधानको अन्तरवस्तुबारे सहमति भएका वा सहमति हुन नसकेका विषयहरूलाई संविधानसभामा पेश गरेको छ । हाम्रो यो निश्चित र दृढ मत छ कि सहमति हुन नसकेका विषयहरूमा पनि संविधानसभाले नै प्रक्रियाद्वारा टुङ्गाउनु पर्दछ । त्यस प्रकारको प्रक्रियालाई विरोध गर्ने सबै सोचाइ वा गतिविधिहरूलाई ने.क.पा.(मसाल)ले गलत मान्दछ र कडा शब्दमा विरोध गर्दछ । 

बाँकी...

लेख /अन्तर्वार्तासबै

मधेशवादीहरूको “भिटो”

–मोहन विक्रम सिंह

मधेशवादीहरूले धम्की दिएका छन् ः प्रदेशहरूको सीमाङ्कनका माग पुरा नगरेसम्म उनीहरूले स्थानीय वा संसदीय चुनाव हुन दिने छैनन् । त्यसको अर्थ यो हो र हुने छ ः सीमाङ्कनको प्रश्नलाई उनीहरूले “भिटो” को रूपमा प्रयोग गर्न चाहन्छन् । सीमाङ्कन मात्र होइन, उनीहरूका सबै मागहरू, जसमा संविधानमा संशोधनका मागहरू मुख्य छन्, पुरा नभएसम्म उनीहरू देशको राजनीतिलाई अगाडि बढ्न नदिन कस्सिएका देखिन्छन् । उनीहरूको त्यस प्रकारको भिटोको उद्देश्य के हो ? त्यसको परिणाम के हुने छ र त्यसले देशलाई कहाँ पुराउने छ ? ती प्रश्नहरूमाथि हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ ।

बाँकी...

शासकीय स्वरूप र राज्यको पुनर्संरचनाको समस्या

शासकीय स्वरूप र राज्यको पुनर्संरचनाका राजनैतिक विषयहरू अहिले देशका लागि नै गम्भीर समस्याहरू बनेका छन् । पहिलो संविधान सभाको ४ वर्षको कार्यकालमा ती विषयहरूमा कुनै सहमति वा निर्णय हुन सकेन । अहिले पनि प्रमुख राजनैतिक शक्तिहरूका बीचमा बारम्बार भएका बैठकहरूमा पनि ती प्रश्नहरूमा कुनै सहमति हुन सकेको छैन । त्यो अवस्थामा दोस्रो संविधान सभाको कार्यकालमा पनि ती विषयहरूमा कुनै सहमति वा निर्णय हुन नसक्ने र त्यससम्बन्धी मतभेदहरूका कारणले नै संविधान सभाको अन्त हुने त होइन ? यो गम्भीर प्रश्न हो । त्योभन्दा महत्वपूर्ण कुरा यो हो, उक्त विषयहरूमा भएका मतभेदहरूलाई कसरी टुङ्गाउने ?

बाँकी...

अहिलेको राजनीतिक स्थितिका लागि राजनीतिक शक्तिहरू कसरी जिम्मेवार छन् ?

२००७ सालको राजनैतिक परिवर्तनपछि ६ दशकभन्दा बढीको लामो समय बितिसकेको छ । २००७ सालको अन्तरिम संविधानमा नै संविधानसभाको चुनावको व्यवस्था गरिएको थियो र २ वर्षमा नै संविधानसभाको चुनाव गर्ने भनिएको थियो । तर त्यो चुनाव ५७ वर्षपछि २०६४ मा मात्र हुन सक्यो । त्यसले २ वर्षमा संविधान बनाउने कुरा भएको थियो । तर ४ वर्षसम्म संविधान बन्न सकेन र अन्तमा संविधान नबनाइकन त्यसको विघटन भयो । २००७ सालमा देशमा संसदीय व्यवस्था कायम भएको भएपनि अहिलेसम्म त्यसलाई संस्थागत गर्ने काम हुन सकेको छैन । २०१७, २०६१ मा २ पल्ट देशमा निरङ्कुश राजतन्त्र कायम भएका थिए । २००७ सालपछि ३० वर्षसम्म देशमा निरङ्कुश राजतन्त्र कायम भयो

बाँकी...

सामयिक संकलनसबै

नेकपा (मसाल) को २०७० साल मंसिर २० देखि २४ गतेसम्म बसेको केन्द्रीय समितिको वैठकद्वारा पारित

संविधान सभाको चुनाव सम्पन्न भएको छ । हाम्रो पार्टीले प्रधान न्यायाधीशको नेतृत्वमा बनेको निर्दलीय सरकारको विरोध गरेको थियो । तर त्यो विरोधका बावजुद सरकारले सम्पन्न गर्ने संविधान सभाको चुनावलाई समर्थन गर्ने तथा सहयोग गर्ने निर्णय गरेको थियो । अन्तमा संविधान सभाको चुनाव सम्पन्न भएकोमा हाम्रो पार्टीले प्रसन्नता प्रकट गर्दछ । संविधान सभाको चुनावका लागि नेपाली जनताले ६ दशकभन्दा बढी समयदेखि आवाज उठाउँदै र सङ्घर्ष गर्दै आएका छन् । त्यसैगरी लगातार संविधान सभाको पक्षमा सङ्घर्ष गर्दै आएको पार्टी नेकपा (मसाल) मात्र हो । देशका विभिन्न राजनैतिक शक्तिहरू, जस्तो कि एमाओवादी, एमाले,

बाँकी...