banner
मिति :२०६९ ज्येष्ड ८गते।
बक्तब्य
२०६९ जेष्ठ ७ गते
२०६९ जेष्ठ ६ गते सम्पन्न उपलब्ध पी.वी.एम. र सी.सी.एम.हरु सहितको ने.क.पा. (मसाल)को केन्द्रीय कार्यालयको बैठकले देशको ताजा राजनीतिक समस्याहरु बारे छलफल गरी निम्नलिखित निर्णयहरु गरेको छ ।
अहिले अगाडि आएका प्रदेशहरु सम्बन्धी १०, ११ वा १४ का अवधारणाहरुबारे छलफल गरी बैठक यो निष्कर्षमा पुग्यो कि ती सबैमा उत्तर र दक्षिणका भूभागहरुलाई छुट्टाएर तराइमधेशका भूभागहरुलाई बेग्लै प्रदेशहरुको निर्माण गर्ने प्रस्ताव गरिएकाले मूल रुपमा ती सबै नै गलत छन् ।
फोटोहरु
photo
संघीयता विरोधी आन्दोलन
लेख /अन्तर्वार्ता
प्रदेशहरुको निर्माण सम्बन्धी अवधारणा
मोहनविक्रम सिंह
हामीले प्रदेशहरुको निर्माण निम्नलिखित आधारहरुमा गरिनुपर्ने आवश्यकतामा जोड दिंदै आएका छौं ः
१. भौगोलिक र बहुजातीय आधारमा ।
२. उत्तर र दक्षिणको भूभागहरुलाई मिलाए ।
३. कुनै अञ्चल, जिल्ला वा गाउँहरुलाई नटुक्राइकन ।
४. प्रदेशहरुको संख्या ठूलो नगराइकन ।
सामयिक संकलन
पूँजीको नेपाली प्रकाशन महत्वपूर्ण कार्य
(पूँजी को नेपाली संस्करणमा रहेको भूमिका)
मोहनविक्रम सिंह
मार्क्सको पूँजी एउटा महान् रचना हो। त्यो आर्थिक, राजनैतिक र दार्शनिक रचना पनि हो। आर्थिक सिद्धान्तका दृष्टिकोणले त्यसको ठूलो महत्व छ। खास गरेर त्यसले प्रतिपादन गरेको अतिरिक्तमूल्यको सिद्धान्तले ठूलो महत्व राख्दछ। त्यो सिद्धान्तको आर्थिक दृष्टिकोणले मात्र महत्व छैन, त्यो सिद्धान्तले राजनैतिक दृष्टिकोणले पनि विश्वव्यापी महत्व राख्दछ। त्यसले विश्वव्यापीरूपमा क्रान्तिकारी आन्दोलन र उथलपुथललाई जन्म दिएको छ।